७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको ड्र सार्वजनिक



  • आफ्नै खबर
  • २ महिना अघि
  • पाठक संख्या १८
  • काठमाडौं- च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको ड्र सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ड्र अनुसार स्पेनिस जायन्ट रियल मड्रिड र इङ्ल्याण्डको म्यानचेस्टर सिटी अन्तिम ८ मै भिड्ने भएका छन् । 

    ड्र अनुसार इङ्लिस क्लब आर्सनलले जर्मन क्लब बायर्न म्युनिखलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ । अर्को स्पेनिस क्लब एट्लेटिको मड्रिड जर्मन बोरुसिया डर्टमण्डसँग भिड्नेछ भने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीको भेट बार्सिलोनासँग हुनेछ । क्वार्टरफाइनलको पहिलो लेग अप्रिल ९ देखि १० सम्म र दोस्रो लेग अप्रिल १६ देखि १७ सम्म हुनेछ ।

    सेमिफाइनलको खेल अप्रिल ३० देखि मे १ सम्म र सेकेन्ड लेग मे ७ देखि ८ सम्म हुने तय भएको छ । च्याम्पियन्स लिगको फाइनल खेल इङ्ल्याण्डको वेम्वली रंगशालामा जुन १ मा हुनेछ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?