७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

नेपालको महिला फुटबल टिम फिफा वरियताको शीर्ष सयभित्र



  • आफ्नै खबर
  • २ महिना अघि
  • पाठक संख्या १४
  • काठमाडौं- राष्ट्रिय महिला फुटबल टिमको विश्व वरियतामा ५ स्थान सुधार भएको छ । 

    साउदी अरबमा हालै सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलेको नेपालको महिला टिमले फिफा वरियता सुधार गरेको हो । 

    नेपालको महिला फुटबल टिम फिफा वरियतामा शीर्ष सय भित्र पर्न सफल भएको छ । गत महिना सम्पन्न वाफ च्याम्पियनसिपको फाइनलसम्म पुगेको नेपाल उपाधि भिडन्तमा जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । 

    फिफा विन्डो अन्तर्गत आयोजना भएको प्रतियोगितामा नेपालले फाइनलसम्म शानदार प्रदर्शन गरेको थियो । 

    विश्व वरियतामा स्पेन शीर्ष स्थानमा रहदाँ इङ्ल्याण्ड दोस्रो, फ्रान्स तेस्रो, यूएस चौथों र जर्मनी पाँचौं स्थानमा छन् ।

    महिला फुटबलमा एसियाबाट जापान सातौं स्थानमा रहदाँ छिमेकी भारत ६६ औं स्थानमा छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?