२९ जेठ २०८२ बिहिबार | 12 Jun 2025 Thu

देशभर माैसम सफा रहने



  • आफ्नै खबर
  • ३ चैत २०८० शनिबार (१ बर्ष अघि)
  • पाठक संख्या ७४
  • काठमाडौं- देशको पहाडी भू–भागमा शनिबार  मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ ।  दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू–भागका केही  स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । राति देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहने छ ।