२९ जेठ २०८२ बिहिबार | 12 Jun 2025 Thu

घट्यो पेट्रोलियम पदार्थको मूल्य



  • आफ्नै खबर
  • ३ चैत २०८० शनिबार (१ बर्ष अघि)
  • पाठक संख्या ९३
  • काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु १ र डिजेल-मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले घटाएको छ ।

    निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १ सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु १ सय ७० र तेस्रो वर्गका लागि रु १ सय ७१ तोकेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५५ रुपैयाँ ५० पैसा,  दोस्रो वर्गका लागि १ सय ५७ र तेस्रो वर्गका लागि १ सय ५८ कायम भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

    पहिलो वर्गअन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल रहेका छन् ।