२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

मोरङको पथरीमा आगलागीले डेढ करोडको क्षति



  • आफ्नै खबर
  • ४ चैत २०८० आईतबार (१ बर्ष अघि)
  • पाठक संख्या ७१
  • पथरी/ मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं १ को बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा आगलागी भएको छ । गएराति भएको आगलागीमा १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको हो । 
    राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ । मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । 
    मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यालय पथरीले जनाएको छ ।