आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

मोरङको पथरीमा आगलागीले डेढ करोडको क्षति


  • आफ्नै खबर
  • २०८० चैत्र ४, आईतबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • पथरी/ मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं १ को बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा आगलागी भएको छ । गएराति भएको आगलागीमा १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको हो । 
    राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ । मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । 
    मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यालय पथरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु