२९ जेठ २०८२ बिहिबार | 12 Jun 2025 Thu

सञ्चालनमा आयो कर्णाली पुल



  • आफ्नै खबर
  • ५ चैत २०८० सोमबार (१ बर्ष अघि)
  • पाठक संख्या ८०
  • लम्की/ आगलागीका कारण बन्द भएको कर्णालीको पुुल आजदेखि पु्नः सञ्चालनमा आएको छ । आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल संचालनमा ल्याउन योग्य देखिएकोले आजदेखि खुलेको हो । 
    नेपालगञ्जमा रहेको सडक डिभिजन कार्यालयका इन्जिनियर नीरज शाक्यले पुलको अवस्थाका बारेमा स्थलगत परीक्षण तथा विज्ञसँग छलफल पछि पुल सञ्चालनमा ल्याउने निर्णय गरेको वताउनु भयो । इन्जिनियर शाक्यले भन्नुभयो, उक्त पुलवाट आवागमन गर्न  कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ ।’ 
    गत सोमबार पुलमा आगो लागेको थियो । वीरगञ्जवाट लाइटर बोकेर कञ्चनपुर तर्फ गईरहेको ट्रक पुलमा गुडीरहेको आवस्थामा लागेको आगोले पुलका १४ वटा सहारा लट्ठामा  लाग्दा केही क्षति भएको थियो । विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो ।