१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

स्वास्थ्य बीमामा आबद्ध अस्पतालले विशेषज्ञ सेवा संचालन गर्नुपर्ने



  • आफ्नै खबर
  • ५ चैत २०८० सोमबार (९ महिना अघि)
  • पाठक संख्या १९
  • स्वास्थ्य बीमामा आबद्ध अस्पताललाई विशेषज्ञ सेवा संचालन गर्नुपर्ने
    काठमाडौँ/ स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध भएका अस्पतालहरुलाई साताको १ देखि ३ दिनसम्म नियमित बहिरङ्ग विशेषज्ञ सेवा (ओपिडी) सञ्चालन गर्न आग्रह गरेको छ । 
    बोर्डकी शाखा अधिकृत यशोदा अर्यालले बीमामा आबद्ध अस्पताललाई परिपत्र जारी गर्दै नियमित ओपिडी सेवा सञ्चालन गर्न अनुरोध गर्नुभएको हो । उहाँका अनुसार विशिष्टिकृत स्वास्थ्य संस्थाले नजिकका आधारभुत वा प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा दिनु पर्ने छ । जस अनुसार १ सय शय्यासम्मको अस्पतालले हप्तामा १ दिन, २ सय शय्या सम्मको अस्पतालले हप्तामा २ दिन र ३ सय शय्या वा सो भन्दा माथिका अस्पतालले हप्तामा ३ दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालमा नियमित विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने छ । 
    साथै सरकारी स्वास्थ्य संस्था, आधारभूत अस्पताल, प्रादेशिक अस्पतालहरुले आफूलाई अत्यावश्यक परेको वा देखिएको अवस्थामा विशेषज्ञको सहयोग लिनका लागि नजिकको विशिष्टिकृत स्वास्थ्य संस्थासँग समन्वय गर्नुपर्ने बोर्डका शाखा अधिकृत अर्यालले बताउनुभयो । उहाँका अनुसार हाल बोर्डमा करिब ४ सय ४० अस्पताल आबद्ध छन् ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?