१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

फर्की आउ 



फर्की आउ
  • आफ्नै खबर
  • ५ चैत २०८० सोमबार (९ महिना अघि)
  • पाठक संख्या १८१
  •  

    सुनिता पाण्डे

    महलहरु ठुलाठुला तिमी बस्ने ठाउँमा
    खरको छानो चुहिदैछ तिम्रो प्यारो गाउँमा
     
    साँझ पख घरमा सधै बुढी आमा रुन्छिन 
    एकान्तमा बसिबसी एकोहोरो हुन्छिन
     
    के भनेर सुनाउं राजा मेरो पनि तेस्तै हाल
    पाखो बारी सिध्याउन बुनिदैछ ठुलो जाल
     
    एक्लै एक्लै गर्छु राजा जंगल, पानी पँधेरो 
    पुर्णिमाको रात पनि किन यति अँधेरो
     
    लाला बाला छोडी हिड्यौ परदेशको बाटो 
    बरु एकछाक खाए हुन्थ्यो बिरहको साटो
     
    चिठ्ठी आयो, तार आयो तिम्रो  कहिले पालो 
    कसो गरी बुन्यो राजा माकुराले जालो
     
    जालो भित्र जेलिदैछ हाम्रो खुसी हाँसो 
    रमाउने भन्दा भन्दै कसिन्छ कि पासो
     
    धनको भारी भन्दा पनि ऋणको भारी ठुलो 
    भारी कहिले पुग्ला राजा त्यस्मा ठुलो दूलो
     
    फर्की आउ यतै राजा आफ्नै प्यारो ठाउँमा 
    बगाउँला बरु रगत आफ्नै प्यारो  गाउँमा
    आफ्नै प्यारो  गाउँमा ~
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?