आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

दिप्रुङ चुइचुम्माका महिलाको पाठेघरको शल्यक्रिया निःशुल्क गरिने


  • आफ्नै खबर
  • २०८० चैत्र ८, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • खोटाङ/ दिप्रुङ चुइचुम्मा गाउँपालिकाका महिलाको पाठेघरको शल्यक्रिया निःशुल्क गरिने भएको छ । गाउँपालिकाले पाठेघरको समस्या भएका स्थानीय १६ महिलालाई निःशुल्क उपचार तथा शल्यक्रियाका लागि काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पठाएको छ ।

    गाउँपालिकाले गत माघमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट पहिचान भएका पाठेघरका रोगीलाई थप उपचारका लागि प्रसूतिगृह पठाएको हो । शिविरमा १७ महिलामा पाठेघरको समस्या देखिएको थियो । एकजनाले भारतमा उपचार गराएकाले १६ जनालाई प्रसूतिगृह पठाइएको गाउँपालिकाका उपप्रमुख अरुणा थापामगरले जानकारी दिनुभयो । पाठेघरको समस्या भएका महिलालाई गाउँपालिकाले यातायात, खाना र बाससहित निःशुल्क उपचारको  व्यवस्था गरेको छ ।

    गाउँपालिकाका वरिष्ठ अनमी चन्द्रमाया राईका अनुसार १६ मध्ये आठ जनामा उच्चरक्तचाप तथा एकजनामा थाइराइडको समस्या देखिएको छ । उहाँले भन्नुभयो, ‘सबै परीक्षणको नतिजा आएपछि शल्यक्रियाको टुङ्गो लाग्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु