काठमाडौं- नेपाल प्रहरी तथा सशस्त्र प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब २४सै घण्टा सञ्चालन हुने भएका छन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित पेट्रोलपम्प अबदेखि २४सै घण्टा सञ्चालन हुने भएका हुन् । हाल नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा प्रहरीद्वारा सञ्चालित पेट्रोलपम्प रहेका छन् ।
उपप्रधानमन्त्री लामिछानेले पेट्रोलपम्प २४सै घण्टा खुला गर्न आदेश दिएसँगै बिहीबारदेखि नै पम्पहरू खुला रहने नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । यसअघि प्रहरीद्वारा सञ्चालित पेट्राेलपम्पहरू बिहान ६ बजेदेखि राति ११ बजेसम्म मात्र सञ्चालित हुँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस