९ असार २०८२ सोमबार | 23 Jun 2025 Mon

महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन आजदेखि



  • आफ्नै खबर
  • ९ चैत २०८० शुक्रबार (१ बर्ष अघि)
  • पाठक संख्या ८७
  • काठमाडौँ - नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन हुँदै छ ।

    राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा हुने ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धि  :  हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ शुक्रबारदेखि सम्मेलन हुन लागेको हो । ्सम्मेलनको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

    महिला न्यायाधीशको समस्या, चुनौती पहिचान गरी व्यावसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको सर्वोच्च अदालतका न्यायाधीश तथा समाज नेपालमा अध्यक्ष सपना प्रधान मल्लले जानकारी दिनुभयो । 

      शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायिक समुदायभित्र सहयोग, सशक्तीकरण र वकालतको अनुभव, विचार आदानप्रदान गर्नुका साथै न्यायिक क्षेत्रमा काम गर्ने महिलाबीच एकता र सञ्जाल निर्माण, नेतृत्व विकास र सशक्तीकरणलगायतको विषयमा छुट्टाछुट्टै कार्यशाला हुनेछ ।

    नेपालमा सर्वोच्च अदालतसहित ४३ महिला न्यायाधीश रहेका छन् । तीमध्ये सर्वोच्च अदालतमा तीन, उच्च अदालतमा मुख्य न्यायाधीश एक र न्यायाधीश २१, जिल्ला न्यायाधीश १८ गरी ४३ रहेका छन्।

    सम्मेलनमा महिला न्यायाधीशसहित न्याय सेवा, कानुन सेवा र सरकारी वकिल महिलाको सहभागिता हुनेछ । सम्मेलनले समापनमा घोषणापत्र समेत जारी गर्नेछ ।