१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

हाजिरी जमानीमा रिहा भए माओवादी उपाध्यक्ष महरा



  • आफ्नै खबर
  • ९ चैत २०८० शुक्रबार (८ महिना अघि)
  • पाठक संख्या ३२
  • काठमाडौं- सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा शुक्रबार हाजिरी जमानीमा रिहा भएका छन् ।

    महरालाई छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का  प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको टोलीले महराको शुक्रबार बयान सकेपछि हाजिरी जमानीमा रिहा गरेको हो ।

    यसअघि शुक्रबार नै ब्यूरोका प्रवक्ता बोगटीले जिल्ला सरकारी वकिल कार्यालयमा पूर्वसभामुख महराको बयान सकिएको जानकारी दिनुभएको थियो ।

    महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको थियो । महरालाई जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो ।

    सुनको अवैध तस्करी एवम् नियन्त्रण सम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा ब्युरोले महरालाई पक्राउ गरेको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?