१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

सुरक्षित आवासका लागि शुक्लाफाँटाले दियो अनुदान



  • आफ्नै खबर
  • १० चैत २०८० शनिबार (८ महिना अघि)
  • पाठक संख्या ८७
  • कञ्चनपुर/ सुक्लाफाँटा नगरपालिकाले गरिबीको रेखामुनि रहेका परिवारलाई अनुदान रकम उपलव्ध गराएको छ । नगरपालिकाले मर्यादित जीवन जिउनका लागि सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलव्ध गराएको हो ।


     पराल, खर, स्याउला र टायलका छाना भएका घरमा जस्तापाता राख्न सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अनुदान प्रदान गरिएको हो । कार्यक्रमअन्र्तगत छाना फेर्न निवेदन दिएका २ सय ५४ परिवारलाई अनुदानको रकम बैंक मार्फत उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । 


    पहिलो चरणमा प्रथम किस्तावापत १ सय ११ परिवार,  दोश्रो चरणमा ५५ परिवार र तेश्रो चरणमा ८८ परिवारलाई ३० हजार रुपैयाँका दरले अनुदान रकम उपलव्ध गराइएको हो ।  छाना फेर्न अधिकतम ५० हजार रुपैयाँ २ किस्ताका रुपमा उपलब्ध गराउने प्रावधान अनुसार पहिलो किस्ता वापत उक्त रकम प्रदान गरिएको हो । 


    सहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले कार्यक्रमअन्तर्गत छाना फेर्न निवेदन दिएकामध्येबाट पराल, खर, स्याउला, टायलको छानो भएकालाई आगो, पानी तथा हुरीबाट प्रभावित हुनसक्ने भएकाले अनुदानको व्यवस्था गरेको जनाइएको छ ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?