आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

यस्तो देखियो होलीको राैनक [तस्बिरहरू]


  • आफ्नै खबर
  • २०८० चैत्र ११, आईतबार २ साल अघि
  • ३० पाठक संख्या
  • काठमाडौं– आइतबार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइँदै छ। आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन सुरु भएको छ।

    बसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन्। चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ। एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ।

    वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ। आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ।

    असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ। नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ।

    यस्तो देखियो होलीको राैनक 

                                                                                                                                           तस्बिर : रासस 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु