२३ कात्तिक २०८२ आईतबार | 09 Nov 2025 Sun

इलाम-२ मा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय



  • आफ्नै खबर
  • ११ चैत २०८० आईतबार (२ बर्ष अघि)
  • पाठक संख्या ११५
  • काठमाडौँ- नेकपा (एमाले) ले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

    ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार बसेको सचिवालय बैठकले उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। 

    सुहाङ नेम्बाङ सोही क्षेत्रका एमाले नेता सुवास नेम्बाङका कान्छा छोरा हुनुहुन्छ। सुवासको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। 

    यसैगरी बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यी दुवै क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको छ।