आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

हाम्रो नेपाली पार्टीले फिर्ता लियो बागमती प्रदेश सरकारलाई दिएको समर्थन


  • आफ्नै खबर
  • २०८० चैत्र १३, मंगलबार २ साल अघि
  • २४ पाठक संख्या
  • हेटौँडा- हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो । 

    सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र  बागमती प्रदेश प्रमुखलाई जानकारी गराएको उहाँले बताउनुभयो । हाम्रो नेपाली पार्टीले गत वर्ष पुसमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन दिएको थियो । 

    प्रदेशमा आफूहरुले मुख्यमन्त्री माग गरेको बताउँदै संसदीय दलका नेता बज्राचार्यले सो नपाएमा विपक्षमा बस्ने बताउनुभयो । 

    यसअघि नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै वर्तमान सरकार अल्पमतमा परेको छ । यस प्रदेशमा हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य छन् । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु