तनहुँ/ तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने गरी एक दशक लगाएर ठिमुरामा पक्की पुल बनेको छ । तनहुँको देवघाट गाउँपालिका– ५ घिनाटार र भरतपुर महानगरपालिका– १ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ ।
त्रिशूली नदीमा बनेको उक्त पुल २१ करोड ६८ लाख ४८ हजार रुपैयाँ लागतमा निर्माण भएको हो । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटन भने भइनसकेको बताउनुभयो ।
उद्घाटनका लागि राष्ट्रपतिलाई अनुरोध
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गरिएको जानकारी दिनुभयो । उद्घाटनका निम्ति तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरूको बैठक हुने उहाँले बताउनुभयो । ०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।
प्रतिक्रिया दिनुहोस