आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

कस्तो छ आजको माैसम, अधिकांश स्थानमा दिनभर वर्षाको सम्भावना


  • आफ्नै खबर
  • २०८० चैत्र १५, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • काठमाडाैं- हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको रहेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाको भनाइ छ।

    अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको सहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहनेछ। देशका बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। 

    दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा आज दिउँसो हल्का हिमपातको सम्भावनासमेत छ।

    आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने र देशका बाँकी भूभागमा आंशिक बदली रहने छ।

    राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा देशको बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    आज राति देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु