१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित



  • आफ्नै खबर
  • १५ चैत २०८० बिहिबार (२ बर्ष अघि)
  • पाठक संख्या १८१
  • काठमाडौं- मौसम प्रतिकूल भएकाले देशको हवाई उडान सामान्य प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो।

    विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुँदा केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए। उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपाली सहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन्।