आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

जुगल हिमाल : सिजनकै पहिलो आरोहणको अन्तिम तयारी


  • आफ्नै खबर
  • २०८० चैत्र १६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • सिन्धुपाल्चोक/  सिन्धुपाल्चोकको जुगल हिमशृंखलाअन्तर्गका दुई नयाँ हिमालको यो सिजनको पहिलो आरोहणका लागि अन्तिम तयारी भइरहेको छ । जुगल गाउँपालिकाको शिरमा रहेका जुगल– १ र जुगल– २ को १० जना आरोहीले पहिलोपटक आरोहण गर्ने तयारी भइरहेको हो ।

     
    गाउँपालिका कार्यालयका अनुसार आरोहण टोलीमा सात कोरियाली र तीन नेपाली रहनेछन् । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा चैत २३ देखि ०८१ वैशाख १५ गतेसम्म नेपाली र कोरियाली पर्वतारोहीले गर्ने आरोहणको तयारी पूरा भएको पालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिनुभयो ।
    ०७५ मा पहिलोपटक जुगल हिमालको आरोहण सुरुवात गरिएको थियो । त्यतिबेला पर्वतारोही माया गुरुङ, मिलन तामाङलगायत टोलीले सफलतापूर्वक हिमाल आरोहण गरेको थियो ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु