२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

बागलुङको रिठेखोलामा पक्की पुल निर्माण



  • रासस
  •     (१ बर्ष अघि)
  • पाठक संख्या ४५
  • बागलुङ/  बागलुङ नगरपालिकाको वडा नम्बर ९ तित्याङ र वडा नम्बर १० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण भएपछि पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । संघीय सरकारको दुई करोड रुपैयाँ अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो ।

    यो पुल निर्माणले भकुण्डे हुँदै रायडाँडा पुग्न पनि सहज भएको छ । पुल बनेपछि सधैँभरि सवारीसाधन सञ्चालन गर्न सकिने बागलुङ नगरपालिकाले जनाएको छ । भकुण्डेमा जिल्लाकै पहिलो घरबास सञ्चालन भएको र विदेशी पर्यटकहरूका निम्ति आकर्षण बनेको स्थान हो । तर, त्यस क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्दै पर्यटकीय गतिविधि बढाउन अन्य भौतिक पूर्वाधार पनि निर्माण गर्न जरुरी भएको संविधानसभा सदस्य नरबहादुर थापाले बताउनुभयो ।

    उहाँले भकुण्डे पुग्ने बाटोमा पुल बने पनि सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अब नगरपालिकाको ध्यान सडक स्तरोन्नतिमा जानुपर्छ ।’
    नवनिर्मित पुल २५.८ मिटर लामो छ भने यसको चौडाइ ६.६ मिटर छ । पुललाई बाढीपहिरोबाट जोगाउन धमाधम ‘ग्याबिन वाल’ लगाइँदै छ ।