१० साउन २०८२ शनिबार | 26 Jul 2025 Sat

कीर्तिपुरमा ‘आइडिया सेयरिङ’ 



  • आफ्नै खबर
  • १८ चैत २०८० आईतबार (१ बर्ष अघि)
  • पाठक संख्या १७२
  • काठमाडौं/  कीर्तिपुर स्वयंसेवक समाजले कीर्तिपुर जोशीननीमा लोकसेवाको तयारी कसरी प्रभावकारी गर्ने भन्ने विषयमा आइडिया सेयरिङ कार्यक्रमको आयोजना गरेको छ । करिअर कोच विकास बोहराले सहभागीहरूलाई लोकसेवाको परीक्षा र अन्य परीक्षामा के–कस्तो फरक रहेको बताउँदै तयारी गर्नका लागि टिप्ससमेत दिँदै आइडिया सेयरिङ गर्नुभएको हो । 

    कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागी र विज्ञलाई धन्यवाद ज्ञापन समाजका उपाध्यक्ष अमन महर्जनले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन श्री महर्जनले गर्नुभएको थियो ।

    युवाहरूमा भएको ज्ञान, सीप र क्षमताको माध्यमबाट संगठित रूपमा स्वयंसेवा गर्न २०६१ सालमा स्थापना भएको कीर्तिपुर स्वयंसेवक समाजले युवा क्षमता विकास, विपत् व्यवस्थापन आदि क्षेत्रहरूमा निरन्तर काम गर्दै आइरहेको जनाएको छ ।