१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

बालाजु अटो वर्कसको म्यानेजर्स मिट २०२४ सम्पन्न



  • आफ्नै खबर
  •     (२ बर्ष अघि)
  • पाठक संख्या १६१
  • काठमाडौं/  नेपालका लागि महिन्द्रा फोरह्विलरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले सर्भिस एन्ड पार्टस् म्यानेजर मिट २०२४ सम्पन्न गरेको छ । बालाजु अटो वर्कसका प्रबन्ध–निर्देशक अर्जुनप्रसाद शर्मा र एम एन्ड एम नेपालका लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरका साथै अग्नि ग्रुप नेटवक्र्सका अतिथिहरूको उपस्थितिमा म्यानेजर्स मिट आयोजना भएको हो । 
    कार्यक्रममा महिन्द्र्रा केयर फेस्ट २०२४ मा विजेता डिलरहरूलाई बालाजु अटो वक्र्सका प्रबन्ध–निर्देशक शर्मा, सर्भिस कन्ट्री म्यानेजर धरका साथै कम्पनीका विभाग प्रमुखहरूले विभिन्न उपाधिले सम्मान गरेका थिए ।

    जसमा बेस्ट फोटो अफ द केयर फेस्ट इटहरीको अग्नि आस्था, बेस्ट कस्टमर इन्गेजमेन्ट श्री बाराही अटो वक्र्सका ओम, हाइएस्ट एम–ट्रयाक इनरोलमेन्ट इटहरीकै अग्नि आस्था, हाई पर्पmर्मर भैरहवाको अग्नि आस्था, हाई एचिभर ठाकुर अटो केयर सेन्टरले जितेको कम्पनीले जनाएको छ । साथै, म्यानेजर्स मिट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने ओम श्री बाराहीबाट बेस्ट कस्टमर केयर एक्जिक्युटिभ २०२४ बिनिता केसी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४ शशी पँजियार र एमके इन्कर्पोरेटेड प्रा.लि. बाट बेस्ट स्पेयर पार्टस् म्यानेजर २०२४ राजेश लाघेलाई उहाँहरूको योगदानका लागि सम्मानित गरिएको उल्लेख छ । 

    कार्यक्रममा बालाजु अटो वक्र्सका प्रबन्ध–निर्देशकले संस्थाको विकासमा सबैको योगदानको प्रशंसा गर्नुभयो । उहाँले सर्भिस एन्ड पार्टस् म्यानेजर मिट २०२४ मार्फत साझेदारीलाई सुदृढ पार्ने र उत्कृष्टता हासिल गर्ने प्रतिबद्धताका साथै सँगै काम गरेर दीर्घकालीन वृद्धि र नवप्रवर्तनको सम्भावनालाई अनलक गर्ने कुरामा जोड दिनुभएको थियो ।