मकवानपुर/ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)की प्रदेश सभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले विनाविभागीयमन्त्री नियुक्त गर्नुभएको हो ।
बागमती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले आगामी एक साताभित्र मन्त्रिपरिषद् विस्तार एवं कार्यविभाजन गरिने जानकारी दिनुभयो । शपथग्रहण समारोहमा मुख्यमन्त्री जम्कट्टेल, सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईं, मन्त्रीहरू र विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न मन्त्रालयका सचिव सहभागी हुनुहुन्थ्यो ।
नवनियुक्त मन्त्री आलेमगर काठमाडौं क्षेत्र नम्बर १० (२) बाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस