आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

गण्डकीका मुख्यमन्त्री पाण्डेको राजीनामा


  • आफ्नै खबर
  • २०८० चैत्र २१, बुधबार मा प्रकाशित १ साल अघि
  • २ पाठक संख्या
  • कास्की/ गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा बुझाउनुभएको हो । 

    सत्तासाझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पाण्डेको सरकार अल्पमतमा परेको थियो । संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि उहाँले त्यसो नगरी पदबाट राजीनामा दिनुभएको हो । विश्वासको मत पाउने अवस्था नरहेपछि राजीनामा दिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । 

    कुल ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यको समर्थन चाहिन्छ । प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का २२ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेश सभा सदस्य हुनुहुन्छ ।

    केन्द्रको सत्तासमीकरणअनुसार एमाले–माओवादी गठबन्धनको पनि सरकार बन्न सक्ने अवस्था छैन । त्यसका लागि राप्रपाको साथ आवश्यक पर्छ । राप्रपा सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा अनिर्णीत छ ।

    रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु