१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

अनुदानमा कृषकलाई गोलासहितको मौरीको घार



  • रासस
  • २२ चैत २०८० बिहिबार (८ महिना अघि)
  • पाठक संख्या १०९
  • रुकुमपश्चिम/  कृषि विकास कार्यालय रुकुमपश्चिमले किसानलाई गोलासहितको मौरीको घार वितरण गरेको छ । आर्थिक वर्ष ०८०/८१ को विनियोजित बजेटबाट ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको हो ।

    जिल्लाका त्रिवेणी, सानीभेरी गाउँपालिका तथा मुसीकोट नगरपालिकाका ७० जना कृषकलाई गोलासहितको मौरीको घार वितरण गरिएको कृषि विकास कार्यालय रुकुमपश्चिमका प्राविधिक सहायक महेश चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक कृषकलाई १–१ वटाका दरले गोलासहितको मौरीको घार वितरण गरिएको हो ।

    यसका साथै टोपी, कुइँगेट र पञ्जा पनि ७० वटाका दरले वितरण गरिएको छ । कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा कृषकलाई मौरीको घारसहित अन्य सामग्री वितरण गरिएको प्राविधिक सहायक चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार गोलासहितको घारलाई ९ हजार रुपैयाँ परेकामा ४ हजार ५ सय अर्थात् ५० प्रतिशत कृषकको लगानी रहेको छ ।

    आठबिसकोट नगरपालिका– ११ डाँडागाउँबाट गोलासहितको मौरीको घार ल्याएर कृषकलाई वितरण गर्न लागिएको हो । बाँकी छुटेका ४० जना कृषकलाई केही दिनमा सल्यानबाट घार ल्याएर वितरण गरिने प्राविधिक सहायक चन्दले बताउनुभयो । अनुदानमा कृषकलाई मौरीको घार वितरण गर्न कृषि विकास कार्यालयले ५ लाख रुपैयाँ बजेट विजियोजन गरेको जनाएको छ ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?