२३ कात्तिक २०८२ आईतबार | 09 Nov 2025 Sun

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त



  • आफ्नै खबर
  •     (२ बर्ष अघि)
  • पाठक संख्या १४०
  • काठमाडौं– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त हुनु भएको छ। 

    प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो।

    उहाँलाई बहुमत पुर्‍याउन सभामुखको नामसमेत समावेश गरिएको भन्दै नेपाली कांग्रेसले विरोध गर्दै आएको थियो। तर प्रदेश प्रमुखले विरोध बीचमा उहाँलाई नियुक्ति गरेका हुन्।

    यसअघि अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा दाबी पेस गर्नुभएको थियो।

    गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिनुभएको थियो ।

    समयसीमा सकिनुभन्दा दुईदिन अगावै गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कूल २७ सदस्य रहेको प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएका पाण्डेले विश्वासको मत पाउने आधार नदेखेपछि राजीनामा दिनुभएको थियो ।