१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु



  • आफ्नै खबर
  • २७ चैत २०८० मंगलबार (८ महिना अघि)
  • पाठक संख्या ३५
  • कञ्चनपुर/  भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी ७ जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । 

    बेतालघाट पुलिस थानाका सब–ईन्स्पेक्टर अनिश अन्सारीका अनुसार गए रातिको दुर्घटनामा परी मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् । मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल बबइका भएको बेतालघाट पुलिस थानाले जनाएको छ ।

    घटनास्थल वरपर नेपालीहरु सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे । उनीहरु गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै सवारी सडकदेखि तल झरेको सब–इन्स्पेक्टर अन्सारीले बताउनुभयो ।

    ‘काम गर्ने ठाउँ नजिकै दुर्घटना हुँदा ७ नेपालीसहित स्थानीय चालकले ज्यान गुमाए,’ उहाँले भन्नुभयो, ‘उनीहरुको शव नैनीताल सरकारी अस्पतालमा राखिएको छ ।’ दुर्घटनामा परी धीरज चौधरीको श्रीमती शान्ति चौधरी र जनक चौधरी घाइते भएको उहाँले जानकारी दिनुभयो ।

    गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाको उद्धारमा रातिनै प्रहरीलगायत ‘स्टेट डिजास्टर रेस्पोन्स टिम’ समेत खटिएको सब–इन्सपेक्टर अन्सारीले बताउनुभयो ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?