काठमाडौंं/ नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । कोषको एप पहिले एन्ड्रोइडमा मात्र चल्ने कारण परिमार्जनसहित एन्ड्रोइड तथा आइओएस दुवै भर्सनमा हेर्न सकिने एप ल्याएको हो ।
कोषले सहभागीहरूको सहजताका लागि नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ मोबाइल एपसँगै पुरानो मोबाइल एपमा दर्ता भएका सहभागीहरूको युजर नेम र पासवर्ड परिवर्तन भएको छ । परिवर्तित युजर नेम र पासवर्ड सबै पुराना एप प्रयोगकर्ताको मोबाइलमा एसएमएसमार्फत जानकारी गराइसकिएको कोषले जनाएको छ ।
त्यसैगरी इ–सर्भिसमा दर्ता भएका सहभागीहरूलाई स्वतः नयाँ मोबाइल एपमा आबद्धता गराइएको तथा इ–सर्भिस पोर्टलकै युजर नेम र पासवर्ड मोबाइल एपमा लगइन गर्न सक्ने व्यवस्था गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस