१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

वैशाख २ बाट संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्यमा डा. अञ्जान शाक्यलाई मनोनयन



मन्त्रिपरिषद्को शुक्रबारको बैठक तस्विर : मन्त्रिपरिषद्को कार्यालय
  • आफ्नै खबर
  • ३० चैत २०८० शुक्रबार (८ महिना अघि)
  • पाठक संख्या ९२
  • काठमाडौं/ सरकारले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताउनु भयो ।

    सरकारले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्यदुत पदमा नियुक्ति गरेको छ । 

    उहाँले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको बताउनु भयो ।

    मन्त्री शर्माले आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई तोक्ने निर्णय गरेको जानकारी दिनुभयो । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य रहने व्यवस्था रहेको बताउनु भयो ।

    मन्त्री शर्माले सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल सदस्य, डा. अर्जुनकुमार कार्की सदस्य,स्टेला तामाङ सदस्यअन्तर्गत हाम्रो सिफारिस समिति बनेको जानकारी दिनुभयो । त्यस्तै सरकारले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिएको छ ।

    सरकारले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्यदुत पदमा नियुक्ति गरेको छ । 
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?