काठमाडौं/ ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ प्रणालीमार्फत हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५ सय रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । ‘पैसा आउने, थपेर पाउने’ भन्ने नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा क्यासब्याक पाउने योजना ल्याएको हो ।
योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा १ सय रुपैयाँ, ५० हजार १ देखि १ लाख रुपैयाँसम्म पैसा पठाउँदा २ सय ५० रुपैयाँ र १ लाख रुपैयाँभन्दा बढी पैसा पठाउँदा ५ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्ने जनाइएको छ ।
योजना जुन १०, २०२४ सम्म लागू रहने बैंकले जनाएको छ । बैंकको हाल देशभरमा ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस