११ साउन २०८२ आईतबार | 27 Jul 2025 Sun

गोकर्णेश्वरमा गणेश, चामुण्डा र महाँकाल भैरवको रथयात्रा [तस्विरसहित]

३ वटा वडामा भएका मन्दीरको प्रतिनिधित्व गर्छन् रथहरुले, वर्षेनी रथयात्रामा सहभागी हुनेको संख्या वढ्दो



  • आफ्नै खबर
  • ४ बैशाख २०८१ मंगलबार (१ बर्ष अघि)
  • पाठक संख्या ५३१
  • काठमाडौं/  हरेक वर्ष गोकर्णेश्वर नगरपालिकामा आयोजना हुने गणेश, चामुण्डा देवी र महाँकाल भैरवको रथयात्रा सम्पन्न भएको छ । हरेक वर्ष चैत्राष्टमी अर्थात चैत दशैंका दिनमा मनाईने यो जात्रामा ३ वटा रथ घुमाइन्छ ।

    जात्रामा सहभागी हुने रथहरुमध्ये गणेशको रथ गोकर्णेश्वर नगरपालिकाको ६ नम्वर वडामा रहेको रक्तविनायक, चामुण्डा देवीको रथ गोकर्णेश्वर नगरपालिकाकै ५ नम्वर वडामा रहेको चामुण्डा देवी र महाँकाल भैरवको रथलाई गोकर्णेश्वर नगरपालिकाकै ८ नम्वर वडामा रहेको महाँकाल भैरव मन्दिरको प्रतिनिधित्व गराइन्छ । 

    जात्रा पर्व हाम्रो संस्कृति मात्र नभई परिचय पनि हो । त्यसैले हरेक वर्ष रथयात्रामा सहभागी हुनेको संख्या बढ्दो छ ।रथयात्रामा स्थानीय समूह, तथा क्लबहरुले संस्थागत प्रतिनिधित्व गर्छन् । उनीहरुले रथयात्रामा सहभागी हुनेलाई ठाउँ ठाउँमा विभिन्न चिसो पेय पदार्थ, फलफूल, पानीलगायतले स्वागत गर्छन् । विभिन्न समूह मिलेर यात्रामा सहभागीलाई स्याउ, केरा, पानी वितरण गरिएको गैरीगाउँ युवा क्लबका अध्यक्ष शिवभक्त शाहीले बताउनु भयो । गैरीगाउँ महिला समूहको  सहयोग सम्पन्न कार्यक्रमको प्रायोजन एकीकृत बचत तथा ऋण सहकारीले गरेको उहाँले बताउनु भयाे । 

    एकीकृत सहकारीका कावा अध्यक्ष देवनारायण चौलागाईले सहकारीले सामूहिक भावना र भातृत्व पनि वढाउनुपर्ने बताउनु भयाे । यसको लागि सवै सहकारी एकैखाले छैनन् भन्ने चेतना फैलाउनु पनि आवश्यक रहेको उहाँको भनाइ थियो । ‘त्यसैले हामीले हरेक वर्ष रथयात्राका जात्रुहरुलाई सहयोग गर्दै आईरहेका छौं,’ उहाँले भन्नुभयो ।
    रथयात्राका तस्विरहरु :