ताप्लेजुङ/ ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा मात्र १६ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेसँगै ताप्लेजुङ विद्युत् उत्पादनको हब बनेको हो ।
विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने १६ आयोजनामध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट १ हजार ६ सय ५४.५१ मेगावाट बिजुली उत्पादन हुनेछ ।
मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलामा ४ जलविद्युत् आयोजना निर्माणाधीन छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट १ सय ७८.४२ मेगावाट विद्युत् उत्पादन हुनेछ । काबेली खोलामा पनि ४ वटा आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाबाट ९५.४३ मेगावाट बिजुली उत्पादन हुनेछ ।
यसैगरी, पालुङखोलामा निर्माणाधीन २ आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुनेछ । सोना खोलामा हिमाली हाइड्रोपावरले ९ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ । सिदिङवा गाउँपालिका– १ इवा खोलामा तिनजुरे हाइड्रोपावरले ४.६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ ।
रासस
प्रतिक्रिया दिनुहोस