२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

सिउरी न्यादी पावरको सेयर नबिके नागरिक लगानी कोषले किन्ने



  • आफ्नै खबर
  • ६ बैशाख २०८१ बिहिबार (१ बर्ष अघि)
  • पाठक संख्या ६३
  • काठमाडौंं/  सिउरी न्यादी पावर लिमिटेडले निष्कासन गर्न लागेको सेयर निष्कासनअनुसार माग नभएमा माग नभएजति सेयर नागरिक लगानी कोषले लिने भएको छ । कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता भएको हो । 

    सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गर्नुभएको छ । न्यादी पावरले प्रतिकिता १ सय रुपैयाँको दरले ३ करोड ३ लाख ६० हजार ७ सय ८४ कित्ता सेयर निष्कासन गर्दै छ ।

    उक्त सेयरको ३ अर्ब ३ करोड ६० लाख ७८ हजार रुपैयाँबराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो । योभन्दा अघि पनि कोषले धेरै कम्पनीहरूसँग प्रत्याभूतिको कार्य गरिसकेको जनाएको छ ।