आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

सांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग


  • आफ्नै खबर
  • २०८१ बैशाख ६, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • काठमाडौँ/  प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा. सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।  शर्माले आज हेपाली हाइटमा रहेको डा. भगवान कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सहयोग गर्नुभएको हो ।

    रकम हस्तान्तरण गर्दै डा. शर्माले राज्यले गर्नुपर्ने काम डा. कोइरालाले आफैँ गर्न लाग्नुभएको देखेर कोइरालाको सम्मानस्वरुप आफूले सहयोग उपलब्ध गराएको बताउनुभयो । डा. कोइराला अध्यक्ष रहेको कियोच ले काठमाडौँसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ ।

    गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ । कियोचले राजधानी काठमाडौँमा १ सय शय्याको अस्पताल निर्माण गर्नेछ । त्यसपछि सातवटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा. कोइरालाले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु