१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

ग्लोबल आइएमई बैंकले भारतमा पढ्न शैक्षिक कर्जा दिने 



  • आफ्नै खबर
  • ६ बैशाख २०८१ बिहिबार (८ महिना अघि)
  • पाठक संख्या ३७
  • काठमाडौं/  ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रा.लि. बीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा सहज रूपमा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    समझदारीपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेसनल एजुकेसन प्रा.लि.का संस्थापक तथा अध्यक्ष उद्धवबहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ । 
    समझदारीअनुसार बैंकले हब इन्टरनेसनल एजुकेसन प्रा.लि.ले सिफारिस गरेका विद्यार्थीलाई भारतका विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व वहन गर्न आवश्यक शैक्षिक कर्जा सहज रूपमा प्रवाह गर्ने जनाइएको छ । 

    हब इन्टरनेसनल एजुकेसनमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरूले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात् छिटो, सरल तथा सहज रूपमा यो कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । 

    बैंकले हाल देशका ७७ वटै जिल्लामा कुल ३ सय ५४ शाखा, ३ सय ७९ एटिएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी केन्द्रबाट सेवा दिइरहेको जनाएको छ । 
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?