२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

जगदम्बा मोबाइल्स बन्यो बोल्टका लागि नेपालको आधिकारिक वितरक



  • आफ्नै खबर
  • ६ बैशाख २०८१ बिहिबार (१ बर्ष अघि)
  • पाठक संख्या १०२
  • काठमाडौं/  शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रा.लि. भारतीय वेरेबल ब्रान्ड बोल्टको नेपालका लागि आधिकारिक वितरक बनेको छ । बोल्टसँगको यो सहकार्यले नेपालमा स्मार्टवाच र इयरबर्डस्जस्ता वेरेबल उत्पादनहरूको बजारलाई नयाँँ आयाम दिने कम्पनीले विश्वास व्यक्त गरेको छ । 

    यो सहकार्यसँगै नेपाली उपभोक्ताको विभिन्न आवश्यकता र प्राथमिकताअनुसारका स्मार्टवाच र टिडब्लुएस (ट्रू वायरलेस स्टेरियो) इयरबडहरू बजारमा उपलब्ध रहेका छन् । बोल्टका स्मार्टवाचअन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरू उपलब्ध रहेका छन् भने टिडब्लुएस इयरबर्डस्अन्तर्गत म्याभरिक, एक्स १० प्रो, के ४५, के ३५, के ६०, एक्स ७० र एक्स ४५ मोडलहरू उपलब्ध रहेका छन् ।

    जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जाटियाले भन्नुभयो, ‘भारतको अग्रणी वेरेबल ब्रान्ड बोल्टसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो सहकार्यले हाम्रा ग्राहकहरूलाई नवीनतम प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ ।’ 

    बोल्टका सहसंस्थापक व?ण गुप्ताले भन्नुभयो, ‘जगदम्बा मोबाइल्स प्रा.लि.सँगको सहकार्यले नेपाली युवाहरूलाई अत्याधुनिक वेरेबल प्रविधिहरू प्रदान गर्ने हाम्रो साझा प्रतिबद्धतालार्ई प्रतिबिम्बित गरेको छ । जगदम्बा मोबाइलको व्यापक सञ्जालले अत्याधुनिक प्रविधिलाई सबैका लागि थप पहुँचयोग्य बनाउनेछ भन्ने हाम्रो विश्वास रहेको छ । साथै यसले हाम्रो विश्वव्यापी बजार विस्तार गर्न पनि सघाउ पुर्याउनेछ भन्ने हामीले आशा राखेका छौँ ।’