१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

बनेपामा यातायात व्यवस्था कार्यालय खुल्दै



  • आफ्नै खबर
  • ८ बैशाख २०८१ शनिबार (७ महिना अघि)
  • पाठक संख्या ५७
  • काभ्रेपलाञ्चोक/  बनेपा नगरपालिका–६ बुडोलको नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ कम्प्लेक्समा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश र बनेपा नगरपालिकाबीच उक्त भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने सम्झौता भएको हो ।

    सम्झौता पछि श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सेवाग्राहीको सहजताका निम्ति  बनेपामा कार्यालय स्थापना गर्ने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब यहाँ स्थापना हुने कार्यालयले काभ्रेका मात्र नभएर सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका सेवाग्राहीलाई सहज हुनेछ ।’ १ महिनाभित्रमा उक्त भवनबाट सेवा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । 

    बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले कार्यालय स्थापना भएपछि यातायातका साधनको चाप बढेको बनेपा र आसपासका स्थानबाट काठमाडौँ जानुपर्ने बाध्यता हट्ने बताउनुभयो । काठमाडौं प्रदेशद्वारको रुपमा परिचित बनेपामा यातायात कार्यालय स्थापना हुनु सेवाग्राहीका निम्ति खुुसीको कुरा भएको उहाँको भनाई थियो । मन्त्रालय र नगरपालिकाबीच भएको सम्झौताअनुसार सपिङ कम्प्लेक्सको दुई तला नगरपालिकाले १० वर्षसम्म निःशुल्क उपलब्ध गराउनेछ ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?