१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको प्रमुख कार्यकारी अधिकृतमा मञ्जिला डंगोल 



  • आफ्नै खबर
  • ११ बैशाख २०८१ मंगलबार (२ बर्ष अघि)
  • पाठक संख्या १९१
  • काठमाडौं/  डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा मञ्जिला डंगोललाई नियुक्त गरिएको छ । एसोसिएसनले व्यवस्थापनमा स्नातकोत्तर, तत्कालीन सनराइज बैंक, तत्कालीन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिब १५ वर्ष कार्य गरेको अनुभव रहेकी डंगोललाई नियुक्त गरेको हो । 

    अनुसन्धान तथा विकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन आदिमा विशेष दख्खल राख्ने डंगोलले डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको उद्देश्य हासिल गर्नका लागि प्रमुख भूमिका खेल्ने एसोसिएसनले विश्वास व्यक्त गरेको छ । 

    आफ्नो सचिवालयलाई थप स्रोतमूलक बनाउने क्रममा प्रमुख कार्यकारी अधिकृत पदको दरबन्दी सिर्जना गरेको एसोसिएसनले अन्य आवश्यक कर्मचारी पनि भर्ना गर्दै जाने लक्ष्य लिएको जनाएको छ ।