२३ कात्तिक २०८२ आईतबार | 09 Nov 2025 Sun

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत

अब सरकारले पूर्णता पाउने



  • आफ्नै खबर
  • १३ बैशाख २०८१ बिहिबार (२ बर्ष अघि)
  • पाठक संख्या १५४
  • काठमाडौं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाउनुभएको छ। बिहीबार प्रदेश सभामा कँडेलले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको हो।

    प्रस्तावको पक्षमा २३ मत, प्रस्तावको विपक्षमा १२ मत र तटस्थमा १ मत परेको थियो। बिहीबारको मतदानमा ३५ प्रदेश सभा सदस्य सहभागी थिए।

    विश्वासको मत माग्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सभाको स्थापनाकालदेखि निरन्तर एउटा जनप्रतिनिधिका हिसाबले भूमिका निर्वाह गर्ने अवसर जनताले प्रदान गरेको अवस्थालाई आफूले राम्रोसँग महसुस गरिरहेको दाबी गर्नु भयो।

    अर्को आर्थिक वर्ष सुरु नहुँदासम्म विगतको सरकारले ल्याएकै नीति तथा कार्यक्रमले निरन्तरता पाउने कँडेलले बताउनु भयो। 

    कँडेल गत चैत २८ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो। त्यस दिन एक्लै शपथ लिएका कँडेलले बुधबार मात्रै एक जना बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो। विश्वासको मत लिइसकेपछि मन्त्रिपरिषद्‌लाई पूर्णता दिने उहाँको तयारी छ।