काठमाडौं/ नेपालमा युरोपियन मेडिकेटेड ब्युटी प्रडक्टहरूको विक्रेता मल्टिन्युट्रेसन प्रा.लि.ले आफ्नो आउटलेट ललितपुरको मानभवनमा सञ्चालनमा ल्याएको छ ।
बिक्री केन्द्रको वरिष्ट ब्युटिसियन तथा नम्बर वान फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले उद्घाटन गर्नुभएको हो ।
उहाँले पोल्यान्डमा उत्पादन भएका प्रडक्टहरू अत्यन्तै फाइदाजनक रहेको बताउनुभयो । ‘म पनि आफू राम्री देखिन मल्टिन्युट्रेसनकै प्रडक्टहरू प्रयोग गरिरहेकी छु । उमेरले ४० कटिसके पनि त्यस्तो नदेखियोस् भनेर म ती उत्पादन प्रयोग गरिरहेकी छु,’ उहाँले भन्नुभयो, ‘पोल्यान्डबाट आएका यी उत्पादन नेपाल आउनेबित्तिकै मेरो हातमा आइपुगेको थियो । मैले प्रयोग गरेँ, परिणाम राम्रो दियो, त्यसैले अहिले धेरै मन पर्छ ।’
कोलाजिनका उत्पादनमा राम्रो फाइदा रहेको भन्दै उहाँले धेरैलाई रिकमेण्ड गर्ने गरेको सुनाउनुभयो । २० वर्षदेखि ६० वर्ष उमेर समूहलाई लक्षित गरेर नेपाल भित्र्याइएका यी उत्पादन मुख्यतः ३० वर्ष केटेपछि अधिक प्रयोग हुने गरेको उहाँले बताउनुभयो ।
मल्टिन्युट्रेसन प्रा.लि.ले आउटलेट उद्घाटनको अवसर पारेर हरेक उत्पादनमा १० प्रतिशत छुट उपलब्ध गराएको जनाएको छ । यी उत्पादनहरू काठमाडौं मललगायत देशका विभिन्न सहरमा रहेका फेसियल हाउस र तिनका आउटलेटहरूमा पनि पाइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस