२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक



  • आफ्नै खबर
  • १६ बैशाख २०८१ आईतबार (१२ महिना अघि)
  • पाठक संख्या ७३
  • काठमाडौं/  ग्लोबल आइएमई बैंक लिमिटेड आव ०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रूपमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले स्थापनाको ६९औँ वार्षिकोत्सवको अवसरमा आव ०७९÷८० मा नेपाल भित्रिएको कुल रेमिट्यान्समा २१.१ प्रतिशत बैंकले भित्र्याएको भन्दै सम्मान गरेको हो । 

    नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसापत्र प्रदान गर्नुभयो । विप्रेषण आप्रवाहले देशको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलनसमेतमा योगदान पुर्याएकाले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । 

    नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरूलाई सम्मानित गर्दै आएको छ । 
    बैंकले ७७ वटै जिल्लामा कुल ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको जनाएको छ ।