९ असार २०८२ सोमबार | 23 Jun 2025 Mon

डा. थपलियालाई टेक्नोलोजी एक्सिलेन्स अवार्ड



  • आफ्नै खबर
  • १७ बैशाख २०८१ सोमबार (१ बर्ष अघि)
  • पाठक संख्या १४९
  • काठमाडौं/  डा. सुमन थपलियालाई टेक्नोलोजी एक्सिलेन्स अवार्डले सम्मानित गरिएको छ । नेपालबाट साइबर सेक्युरिटी एकेडेमीमा उल्लेखनीय योगदान प्रदान गरेका डा. थपलियालाई ड्यामसोल टेक्नोलोजीले टेक्नोलोजी एक्सिलेन्सी अवार्ड प्रदान गरेको हो । 

    ड्यामसोल टेक्नोलोजीले आयोजना गरेको टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रममा नेपालका साथै भारत, बंगलादेश, भुटान र अस्ट्रेलियाका आफ्ना क्षेत्रमा योगदान पुर्याउने विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो । डा. थपलियाले विगत ८ वर्षदेखि नेपालको साइबर सेक्युरिटी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको आयोजकको भनाइ छ । 

    कार्यक्रममा म्युजिक आन्ट्रपे्रनर, एकेडेमिया, सोसियल अफेयरलगायत विभिन्न विधामा अन्य व्यक्तित्वहरूलाई सम्मान गरिएको संस्थाले जनाएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिम्सिना, पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालालगायतको उपस्थिति थियो ।