२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

अन्नपूर्ण गाउँपालिकामा ३ खानेपानी आयोजना सम्पन्न



  • आफ्नै खबर
  • १८ बैशाख २०८१ मंगलबार (१२ महिना अघि)
  • पाठक संख्या ८९
  • म्याग्दी/  अन्नपूर्ण गाउँपालिकामा ३ वटा खानेपानी आयोजना निर्माण भएका छन् । गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा खानेपानी आयोजना निर्माण भएका हुन् । 

    अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ खिवाङ, वडा नम्बर ४ को छेम्दी र वडा नम्बर ३ को काभ्रेमा २ करोड ३३ लाख रुपैयाँको लागतमा ती आयोजना सम्पन्न भएका हुन् । 

    ट्रस्टका इन्जिनियर लीला शेरचनका अनुसार सम्पन्न आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको छ । आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न निजी धारामा मिटर जडान गरिएको छ । गत वर्ष वडा नम्बर ३ को दानाबजार, दुवारी र वडा नम्बर ४ को पटारमा खानेपानी आयोजना निर्माण भएको थियो । 

    आगामी वर्ष वडा नम्बर ४ नारच्याङको बेँसी र लेकगाउँमा ट्रस्टको १ करोड १५ लाख रुपैयाँ सहयोग र उपभोक्ताको श्रमदानसहित २ करोड ४१ लाख रुपैयाँको लागतमा २ वटा खानेपानी आयोजना निर्माणको तयारी भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । ट्रस्टको सहयोगमा ५१ जिल्लामा निर्माण भएका २ हजार ३ सय ८० खानेपानी आयोजनाबाट ६३ हजार घरपरिवार लाभान्वित भएको जनाइएको छ ।

    रासस