७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

कर्णालीका ४ जिल्लामा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर



  • आफ्नै खबर
  • ३ हप्ता अघि
  • पाठक संख्या ३४
  • हुम्ला/  काठमाडौं मेडिकल कलेजको विशेषज्ञ चिकित्सकहरू समावेश भएको टोलीले कर्णालीका ४ जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संघीय सांसदसमेत रहेका डा. सुनील शर्माको नेतृत्वमा २५ जना विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविर सञ्चालन गरेको हो । 

    जसअनुसार मुगुको गमगढीमा आयोजना गरिएको शिविरमा २ हजार १ सयजना स्थानीय नागरिक स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन् । उक्त टोलीले हुम्लाको सर्केगाड गाउँपालिकामा पनि १ हजार आठ सयजनालाई उपचार सेवा दिएको थियो । चिकित्सक टोलीले यसअघि वैशाख १३ गते डोटीको दिपायल र १५ गते बाजुराको तिलिचौरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । 

    गमगढीमा आयोजित शिविरमा मुटु रोग, बाथरोग, न्युरोसम्बन्धी समस्या, पाठेघरको समस्या, दम, हाडजोर्नी, निमोनियालगातका रोगको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको सांसद डा. शर्माले जानकारी दिनुभयो । यसरी स्वास्थ्य जाँच गरिएका बिरामीमध्ये ९७ जनामा गम्भीर प्रकृतिको रोग देखिएको र उनीहरूको शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरूलाई काठमाडौं रेफर गरिएको डा. शर्माले बताउनुभयो । 

    सामान्य रोग देखिएका र शिविरमै उपचार सम्भव हुने नागरिकलाई शिविरबाटै उपचार दिने र गम्भीर रोग देखिएका या आशंका लागेकालाई बाटोखर्चसमेत दिई काठमाडौं बोलाइएको र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क शल्यक्रिया तथा थप उपचार गरिने डा. शर्माले बताउनुभयो । 

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?