२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

पर्यटन प्रवर्द्धनका लागि चन्द्रागिरिमा पदयात्रा



त्रिवेणीघाट
  • आफ्नै खबर
  •     (१२ महिना अघि)
  • पाठक संख्या ९४
  • काठमाडौं/  चन्द्रागिरि नगरपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय स्थलका सम्पदाको प्रवर्द्धन एवं पहिचान गर्ने उद्देश्यसहित बृहत् ‘सम्पदा पदयात्रा’ आयोजना गरिने भएको छ ।

    मातातीर्थ

    भोलि शनिबार चन्द्रागिरि नगरपालिकाको सहकार्यमा चन्द्रागिरि हाइकर्स कमिटी (सिएचसी)ले पदयात्राको संयोजन गरेको हो । २ हजार २ सय जना सहभागी हुने पदयात्रामा २२ किलोमिटर पदयात्रा हुने जनाइएको छ । 

    मत्स्य नारायण

    चन्द्रागिरि नगरपालिकाभित्र रहेका १५ वटै वडामा रहेका धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको पर्यटकीय प्रवर्द्धन गर्न बृहत् ‘सम्पदा पदयात्रा’ गर्न लागिएको र यसको तयारी पूरा भएको सिएचसीका अध्यक्ष प्रसन्न गोपालीले जानकारी दिनुभयो । 

    बुद्ध मन्दिर

    पदयात्राले ऐतिहासिक एवं सांस्कृतिक चन्द्रागिरिको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने जनाइएको छ । उहाँले नगरपालिकाभित्र रहेका पर्यटकीय सम्पदाको वास्तविक अवस्था के–कस्तो छ, यसको अवलोकन गर्न र स्वास्थ्यका लागि हिँडाइको महत्व बुझाउन पदयात्रा राखिएको बताउनुभयो ।

    विष्णुदेवी मन्दिर

    अध्यक्ष गोपालीले भन्नुभयो, ‘आफ्नो टोल, समाजमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउनु नगरवासीको कर्तव्य हो । यी सम्पदाको संरक्षण प्रवद्र्धन गर्दै जीवन्त राखेर भावी पुस्तालाई हस्तान्तरण गर्न युवाको भूमिका अहं हुन्छ । यसका लागि पदयात्रा गर्न लागेका हौँ ।’

    बैकुण्ठ धाम

    चन्द्रागिरि नगरपालिकापरिसरबाट सुरु हुने पदयात्रा बलम्बु त्रिवेणीघाट, गणेशस्थान, राधाकृष्ण मन्दिर, बुद्धपार्क, महालक्ष्मी मन्दिर, त्रिभुवन पार्क, मातातीर्थ, मच्छेगाउँ, टौखेल, विष्णुदेवी मन्दिर हुँदै नैकाप खेलमैदानमा समापन हुनेछ ।