७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

ग्लोबल आइएमई बैंकले प्लास्टिक खपत घटाउने



  • आफ्नै खबर
  • २ हप्ता अघि
  • पाठक संख्या ४७
  • काठमाडौं/  ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्लानेट भर्सेस प्लास्टिक’ (प्लास्टिकविरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लास्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिबद्धतासमेत जनाएको छ । 

    यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भर्ई सबै प्रादेशिक कार्यालयहरूमार्फत देशभरका सम्पूर्ण शाखा कार्यालयहरूमा विस्तार हुने जनाइएको छ । बैंकले आफ्नो स्थापनाकालदेखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषणविरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलापहरू गर्दै आएको उल्लेख गरेको छ । 

    बैंकले हाल ७७ वटै जिल्लामा ३ सय ५४ शाखा, ३ सय ७९ एटिएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ । 
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?