७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

नेपालगन्ज नाकाबाट मात्र निकासी भयो ७० करोडभन्दा बढीको जडीबुटी



  • आफ्नै खबर
  • २ हप्ता अघि
  • पाठक संख्या ४३
  • बाँके/  जडीबुटी निकासीको प्रमुख नाकाका रूपमा रहेको नेपालगन्जबाट ९ महिनामा ७० करोड रुपैयाँभन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ । विभिन्न समस्या र अवरोधका बाबजुद चालू आवको साउनदेखि चैतसम्म ९ महिनाको अवधिमा ७० करोड रुपैयाँको जडीबुटी निकासी भएको नेपाल जडीबुटी व्यवसायी संघले जनाएको हो ।

    जडीबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माले भारतको झन्झटिलो प्रक्रिया र नेपाल सरकारको अस्पष्ट नीतिका कारण जडीबुटी निकासी हरेक वर्ष घट्दै गए पनि यो वर्षदेखि पुनः उकालो लाग्ने संकेत देखिन थालेको बताउनुभयो । 

    नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालू आव ०८०/८१ को चैत मसान्तसम्म नेपालगन्ज नाकाबाट ७० करोड ६२ लाख ३५ हजार रुपैयाँबराबरको २८ लाख ५ हजार ८ सय विभिन्न जडीबुटी निकासी भएको हो । गत आव ०७९/८० को चैत मसान्तसम्म यो नाकाबाट ७० करोड ९६ लाख रुपैयाँबराबरको जडीबुटी निकासी भएको थियो ।

    कर्णाली प्रदेशलगायतका पहाडी जिल्लामा उत्पादन भएका जडीबुटीको भण्डारण र विदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिट हो । नेपालगन्ज हुँदै भारतलगायत विभिन्न देशमा जडीबुटी निकासी हुँदै आएको छ । यो नाकाबाट टिम्मुर, रिठा र काउलो सबैभन्दा बढी निकासी भइरहेको छ । औषधि, साबुन, स्याम्पुजस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडीबुटी भारतमा मात्र नभई जर्मन, बंगलादेशजस्ता तेस्रो मुलुकमा पनि निर्यात भइरहेको नेपाल जडीबुटी व्यवसायी संघले जनाएको छ । 

    कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठा त्यहाँबाट खरिद गरी व्यवसायीले विदेश निकासी गर्दै आएका छन् । तर, निकासीका क्रममा जडीबुटी व्यवसायीले विगत केही वर्षदेखि विभिन्न झन्झट व्यहोर्नुपरेकाले समस्या हुँदै आएको जडीबुटी व्यवसायी संघका अध्यक्ष शर्माले बताउनुभयो ।

    रासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?