७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

वीर अस्पताललाई नागरिकको आशा र भरोसाको केन्द्र बनाउनु पर्छ : प्रधानमन्त्री



  • आफ्नै खबर
  • २ हप्ता अघि
  • पाठक संख्या ४१
  • काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको बताउनु भएको छ।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा अवसरमा आइतबार काठमाडौंमा आयोजित  कार्यक्रममा उहाँले सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम निर्माणको अन्तिम तयारीमा जुटेको र बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा पुर्‍याएको जानकारी दिनुभयो। 

    प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका मागहरु सम्बोधन गर्ने आश्वासनसमेत दिनुभयो। 

    आम नागरिकलाई गुणस्तरीय सेवा पुर्‍याउने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि प्रतिष्ठान सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। वीर अस्पताललाई आम नागरिकको आशा र भरोसा केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने प्रधानमन्त्री दाहालले बताउनु भयो। 

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?