७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

सानीको बिहानी

कविता:



  • आफ्नै खबर
  • २ हप्ता अघि
  • पाठक संख्या १३४
  • सुदीप अधिकारी

    घामको झुल्कोभन्दा पहिले उठ्ने उनको बानी
    जिउ तानतुन पारी पिउँछिन् मनतातो पानी
    चराहरूको चिर्बिरमै खोज्दै संगीतको मात्रा 
    ईश्वर बन्दनासँगै हुन्छ शुभ दिनको यात्रा 

     

    चाँडै उठ्नाले बिहानै, दिनको कार्यक्रम बनाइने
    केही महत्वका भए, विशेष सावधानी अपनाइने
    विद्यालय जानुअघि घरका केही काम सघाइने
    यसो गर्दा आमाबुबाको केही बोझ पनि उठाइने

     

    प्रेरक बिहानीले दिने रहेछ उत्तम दिनको हर्ष
    धेरै उत्तम दिन मिलेर बन्दोरहेछ गर्विलो वर्ष
    बिस्तारै खुल्यो सानी नानीको रहस्य सुरम्य
    राम्रो बिहानीले पार्ने रहेछ अहो जीवन धन्य !!

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?